चीनमा भेटियो मान्छेको अनुहार भएको माछा, इन्टरनेटमा सनसनी

एजेन्सी– एउटा माछोको यो भिडियो अहिले निकै चर्को रुपमा इन्टरनेटमा सनसनी मच्चाइरहेको छ । किनकि यो माछाको अनुहार ठ्याक्कै मान्छेको जस्तो छ । 

चीनको एउटा गाउँको तलाउमा भेटिएको यो माछाको भिडियो सामाजिक सजालमा आएपछि यसलाई लाखौँ मानिसहरुले हेरेका छन्, हजारौँले सेयर गरेका छन् । 

डेली मेलको रिपोर्टअनुसार चीनको मिलाओ गाउँमा एक महिलाले यो माछालाई बारम्बार देखेकी छिन् । त्यसैले उनले नै यो भिडियो बनाएकी पनि हुन् । यो भिडियो चिनियाँ माइक्रो ब्लगिङ साइट वीबोमा सेयर गरिएको थियो । 

माछाको दुई आँखा, कान र मुख प्रष्टसँग देख्न सकिन्छ । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १९:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया