काठमाडौं– नजिकिँदो साग गेम्सलाई लक्षित गर्दै पछिल्लो समय दशरथ रंगशालामा द्रुत गतिमा काम भइरहेको छ । यही काममा संलग्न एक कामदारको निधन भएको छ ।
क्रेन चालक इन्द्रलाल श्रेष्ठको निधन भएको हो । उनी दशरथ रंगशालामा भिआइपीतर्फको प्यारापिटको छानोमा पोल लगाउने काममा संलग्न थिए । उनको परिवारले हृदयघातका कारण उनको निधन भएको जनाएको छ ।
कामको अत्यधिक धपेडीका कारण उनको मृत्यु भएको पारिवारिक स्रोतको दाबी छ । उनी शुक्रबार विहानबाट शनिबार विहानसम्म लगातार काममा खटिएका थिए । शनिबार विहानसम्म काम गरेका श्रेष्ठ स्वास्थ्यमा समस्या भएपछि घर गएका थिए । घरमा पुगेलगत्तै उनले वान्ता गरेको र उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, अस्पतालमा उनलाई चिकित्सकहरुले मृत घोषित गरे ।
१५ मंसिरदेखि २४ मंसिरसम्म नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग)का लागि पछिल्लो समय दशरथ रंगशालामा धमाधम काम हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।