भारत–बंगलादेश टी २० सिरिजका हिरो दीपक

एजेन्सी– नागपुरमा खेलिएको तेस्रो टी २० खेलमा भारतले बंगलादेशलाई ३० रनले पारजित गरेको छ । योसँगै भारतले यो सिरिजमा २–१ को जित निकालेको छ । 

अन्तिम खेलमा बंगलादेशले १७५ रनको लक्ष्य पछ्याउँदै १९.२ ओभरमा १४४ रन बनाएको थियो । भारतका दीपक चाहर यो म्याचका हिरो भए । किनकि उनले यो खेलमा ह्याट्रिक मात्र प्रहार गरेनन्, बंगलादेशका ६ विकेट एक्लैले लिए । 

चाहरले ३.२ ओभरमा सात रन मात्र दिएर ६ बंगलादेशी ब्याट्सम्यानलाई आउट गरेका हुन् । उनी टी २० मा ह्याट्रिक गर्ने पहिलो भारतीय खेलाडी पनि बनेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार ०:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया