सिटीलाई पराजित गर्दै लिभरपुल अंक तालिकामा ८ अंक अगाडि

काठमाडौं– प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलले आइतबार भएको खेलमा म्यानचेस्टर सिटीलाइ सहजै पराजित गर्दै अंक तालिकामा आफूलाई ८ अंकले बढी लिएर शीर्ष स्थानमा यथावत राखेको छ ।

यो पूरै खेलमा लिभरपुलले सुरु देखि नै खेलमा दबदबा कायम राख्यो । खेल सुरु भएको छैटौँ मिनेटमा नै पहिलो गोल स्कोर गरेको लिभरपुलले १३ औं मिनेटमा दोस्रो गोल गर्यो । 

लिभरपुलका लागि पहिलो गोल फाबिन्होले गरेका थिए । मोहम्मद सलाहले लिभरपुलको दोस्रो गोल गरे । हाफ टाइमपछि लिभरपुलका लागि साडियो मेनले तेस्रो गोल गरे । हेडरबाट उनले स्कोर गरेको यो गोल हेर्न लायक थियो । 

सिटीका लागि बर्नार्डो सिल्भाले ७८ औं मिनेटमा एक गोल त गरे । तर, यसले उनीहरुलाई अंक तालिकामा माथि उकाल्न सकेको छैन । अब उनीहरु अंक तालिकाको शीर्ष स्थानमा आउनबाट ९ अंकले पछाडि परेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार ०:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया