नेकपाको सचिवालय बैठक सुरु, सीमा अतिक्रमणबारे छलफल हुने
फाइल तस्वीर ।

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा सीमा अतिक्रमणबारे छलफल हुने एक सदस्यले जानकारी दिएका छन् । सचिवालय बैठकका विषयमा र मन्त्रिमन्डल हेरफेर गर्ने विषयमा छलफल गर्न आइतबार मात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीले लामो छलफल गरेका थिए । 

उनीहरुले पार्टी एकता प्रक्रियाका बाँकी काम टुंग्याउन पनि छलफल गरेका छन् । 

लिपुलेक र कालापानी आफ्नो भूभागमा पर्ने गरी भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए । आइतबार ओली र प्रचण्डबीच छलफल हुँदा सचिवालय सदस्य रामबहादुर थापा‘बादल’ र महासचिव विष्णु पौडेल पनि सहभागी थिए । त्यो छलफलमा पनि लिपुलेक र भारतीय सीमा अतिक्रमणको विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ । 

यो सचिवालय बैठकमा नेकपाको स्थायी कमिटी बैठक बोलाउने विषयमा पनि छलफल हुने एक नेताले जनाएका छन् । नेकपाले गत वर्ष २९ मंसिरदेखि अहिलेसम्म आफ्नो स्थायी समिति बैठक गर्न सकेको छैन । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १०:३५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया