सीमा विवाद
सीमा विवादबारे कुरा गर्न नेपाली राजदूतले भेटे भारतीय विदेश सचिव

काठमाडौं– भारतले जम्मु र कश्मिरलाई छुट्टै राज्य बनाएपछि जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि पनि आफ्नो नक्सामा समावेश गरेको विषयमा छलफल गर्न भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय गोख्लेसँग भेटेका छन् । 

यसलाई दुई देशबीचको सीमा विवादबारे बहस सुरु गर्न कुटनीतिक पहलकदमीका रुपमा लिइएको छ । 

नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले भारतीय अधिकारीहरुसँग यस विषयमा छलफल गर्न सुरु गरेको हो । 

सोमबार विहान दूतावासले आफ्नो ट्विटरमा दिएको जानकारीअनुसार भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय गोख्लेसँग भेटेका हुन् । 

‘राजदूत आचार्य र  विदेश सचिव गोख्लेबीच गोख्लेकै कार्यकक्षमा ८ नोभोम्बरमा भेटवार्ता भयो,’ ट्विटरमा लेखिएको छ, ‘वार्ताका क्रममा सीमा विवादलगायत दुई पक्षीय सम्बन्धबारे छलफल भयो ।’

भेटमा राजदूत आचार्यले दुई देशबीचका विभिन्न विषयमा र सीमाबारे पनि छलफल गरेको ट्विटमा उल्लेख गरिएको छ । 



यसअघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए । बैठकलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले भारतसँग तीन तहबाट कुराकानी गर्ने बताएका थिए । ज्ञवालीले भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा नेपाललाई अमान्य हुने पनि बताएका थिए ।



  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १२:३३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया