प्रचण्डले राज्य व्यवस्था समितिमा भने– कालापानी हाम्रै हाे
फाइल तस्वीर ।

काठमाडौँ — सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै समितिका सदस्य एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  भारतले कालापानीमा सीमा मिचेको बताउँदै त्यसको कुटनीतिक समाधान खोजिनुपर्ने बताएका छन् ।

'नेपालको पश्चिमी सिमाना भनेको महाकाली नदी नै हो। त्योभन्दा पूर्वको सबै भूभाग नेपालकै हो,' उनले भने, 'अहिले नेपालमा र भारतमा दुवैतर्फ स्थायी र बलियो सरकार छ। त्यसैले दुवै पक्ष बसेर टुंग्याउन सकिन्छ।'

उनले लिपुलेकका बारे चिनियाँ पक्षसँग पनि आफूले कुरा गरेको दाबी गरेका थिए।

राज्य व्यवस्था समितिले भारतले जारी गरेको नयाँ नक्साका बारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीलाई बोलाएको थियो । तर आजको बैठकमा ओली भने उपस्थिति भएनन् । उनको प्रतिनिधित्व गर्दै भूमिसुधार मन्त्री पद्मा अर्याल बैठकमा सहभागी भएकी थिइन् ।

यस्तै गृहमन्त्री रामबहादुर थापाले सरकारले सीमा सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गर्न लागेको जानकारी दिएका थिए। उनले भारतसँग सीमाका बारे सचिवस्तरीय वार्ताको तयारी पनि भइरहेको बताएका थिए।

'सीमामा सुरक्षाकर्मी नभएकोले मिचिकएको भन्ने कुरा आइरहेको छ,' उनले भने, 'हामीले थप बल सीमामा तैनाथ गर्ने तयारी गरेका छौं।'



यस्तै भुमिसुधार मन्त्री पद्मा अर्यालले नेपालको सीमा महाकाली नदी भएको र भारतले नै पहिला जारी गरेको नक्सामा पनि त्यही देखिएको उल्लेख गरेकी थिइन्। 'हाम्रो सिमाना महाकाली नदी नै हो। त्यसलाई भारतले पनि मानेकै छ,' उनले भनिन्, 'भारतसँग सिमाना सार्ने बारे कुनै सन्धी पनि भएको छैन।'



  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १३:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया