सामाजिक सन्जालमा भाइरल अघोरी बाबाकी श्रीमती गिरफ्तार

काठमाडौं– सामाजिक सन्जालमा अघोरी बाबा भनेर विजय केसीकी श्रीमती शरादा पाण्डे पक्राउ परेकी छिन् । उनले वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगेको उजुरी परेपछि पक्राउ गरिएको हो । 

‘सरिता पाण्डे विरुद्ध उजुरी परेको थियो,’ काठमाडौं प्रहरी होविन्द्र बोगटीले फरक धारसँग बताए, ‘उनलाई हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ ।’ 

प्रवत्ता बोगटीले सन्चार माध्ययमा आएका समाचारको खण्डन पनि गरे । ‘अघोरी बाबा नियन्त्रणमा लिइए भन्ने समाचार आइरहेका छन्,’ उनले भने, ‘त्यसो होइन, उनकी श्रीमती पक्राउ परेकी हुन् ।’

अघोरी बाबा र सरिता पाण्डेले केहीअघि मात्र विवाह गरेका थिए । सरिताले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर मोटो रकम लिएको तर फिर्ता नगरेको उजुरी परेपछि उनलाई सोमबार बौद्ध प्रहरीले पक्राउ गरेको हो । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १४:४८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया