बुद्धिबंगारा आउँदा किन दुख्छ ?

एजेन्सी– हाम्रा दाँतहरुमध्ये सबैभन्दा ढिलो आउँछ बुद्धिबंगारा । सामान्यतया १८ वर्ष पुगेपछि मात्र यो दाँत पलाउन थाल्छ । कसैकसैमा त अझ ढिलोसम्म पनि यो दाँत आउँछ । दाँत नै भए पनि यो दाँतले  खाना चपाउन यसले कुनै सहयोग गर्दैन । यसको काम त  आउँदा व्यक्तिलाई पीडा दिने मात्रै हो । त्यसैले पनि पश्चिमा देशहरुमा यो फाल्ने गरिन्छ । तर, नेपालमा सहेर भए पनि बुद्धिबंगारा बाहिर निस्कँदासम्म चुपचाप बसिन्छ । आखिर बुद्धिबंगारा आँउदा किन दुख्छ ? केही कारणः

बुद्धिबंगारा एकैपटकमा आउँदैन । पटक–पटकमा थोरै–थोरै गर्दै आउँछ । यसैले लामो समयसम्म दुःख दिन्छ । यो आउने ठाउँ नै थोरै हुने भएकाले फुट्ने क्रममा अप्ठ्यारो भएर पीडा हुन्छ ।

बुद्धिबंगारा थोरै–थोरै गर्दै आउँदा खाएका कुरा वरिपरि अड्किने गर्छ । दाँत सफा गर्दा पनि ब्रस त्यहाँसम्म राम्ररी पुगेर खेल्न पाउँदैन । अड्किएका खानेकुरा त्यहीँ कुहिने हुन सक्छ । यस्तो अवस्थामा बुद्धिबंगारा आउँदै गर्दा नै किरा लाग्न सक्छ । किरा लागेपछि झन् बढी दुख्छ ।

बुद्धिबंगारा आउँदै गर्दा माथिल्लो भागको दाँतले थिच्ने पनि हुन सक्छ । यस्तो भएमा पनि दुख्न सक्छ ।

बुद्धिबंगारा आउँदै गर्दा वरिपरिको मासुको भाग छेडेको हुन्छ । यस्तो अवस्थामा इन्फेक्सन हुन सक्छ । इन्फेक्सन भएमा दुखाइ बढ्छ ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार २०:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया