अयोध्यामा रामको पक्षमा फैसला आएपछि तोडियो २७ वर्षे व्रत

एजेन्सी– भारतको सर्वोच्च अदालतले भारतमा सबैभन्दा विवादित ठाउँ अयोध्यामा बाबरी मस्जिद हटाएर राम मन्दिर बनाउन फैसला गरेलगत्तै त्इहाँ एक ८१ वर्षकी महिलाले २७ वर्ष लामो अनसन तोडेकी छिन् । अब उनले अन्न खाने बताएकी छिन् । 

८१ वर्षकी यी महिलाले २७ वर्षदेखि दूध र फलाहार मात्र गरेकी थिइन् । राम जन्मभूमिको विवादका समाधान भएपछि महिलाले अन्न ग्रहण गर्ने संकल्प लिएकी थिइन् । 

महिलाका परिवारका सदस्यहरुले भारतीय मिडियालाई यो खुसीको कुरा भएको बताएका छन् । उर्मिला चर्तुवेदी नामकी महिलाले यो व्रत बसेकी थिइन् । उर्मिला १९९२ मा आयोध्यामा भएको हिंसाका कारण दुखी भएको र उनले व्रत बस्न थालेको उनको परिवारले जनाएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार २३:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया