कन्सर्टमा ढिलो पुगेकी म्याडोनाविरुद्ध उजुरी, प्रहरीले पक्राउ गर्न सक्ने

एजेन्सी– अन्तर्राष्ट्रिय स्टार म्याडोनाविरुद्ध एक प्रशंसकले प्रहरीमा उजुरी हालेका छन् । उनले म्याडोना कन्सर्टमा भनिएको समयमा नआएको भन्दै उजुरी दिएका हुन् । उजुरीमा उनले आफूलाई आर्थिक क्षतिपूर्ति दिनु पर्ने बताएका छन् । 

फ्लोरिडाका यी फ्यान नेट होलेन्डरले १७ डिसेम्बरमा म्याडोनाको कन्सट भनिएको समयमा गरिएन । नेटले त्यहाँ १७ डिसेम्बरमा हुने भनिएको कन्सर्ट २३ अक्टोबरमा गरिएकोले आफ्नो टिकटको पैसा माग्दा आयोजकले बेवास्ता गरेको भन्दै म्याडोनाविरुद्ध उजुरी दिएका हुन् ।

त्यसो त ६१ वर्षकी यी गायिका कार्यक्रममा ढिलो पुग्ने पुरानै रोग हो । नेटले चाहिँ यसपटक आफूले नेपाली रुपैयाँ एक लाखभन्दा बढीको टिकट किनेको भन्दै त्यो पैसा र समय बदलिएका कारण पैसा फिर्ता गर्नु पर्ने माग गरेका हुन् । नेटको यो उजुरीपछि म्याडोनालाई प्रहरीले पक्राउ गर्न सक्ने बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार ०:३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया