मासु कसले कति खाने ?
  •  सामान्यतया एक व्यक्तिले दैनिक दुई सयदेखि तीन सय ग्रामसम्म मासु खानु ठीक हो । यति मासु खाँदा आवश्यक पोषण तत्व पुग्छ । योभन्दा धेरै खाँदा स्वास्थ्यलाई फाइदा हुँदैन । बढी शारीरिक परिश्रम गर्ने व्यक्तिको पाचन प्रणाली बलियो हुन्छ । मानसिक काम गर्नेका हकमा सकेसम्म मासु नखाएकै राम्रो ।

 

  •  भौतिकवादीले  मासु खाने र तथा आध्यात्मिक व्यक्तिले  नखाने भन्ने धारणा वैज्ञानिक छ । भौतिकवादीले मासु खान प्रश्रय गरेको देखिन्छ । उनीहरू शारीरिक परिश्रममा विश्वास गर्छन् । आध्यात्मवादीले मासु खान प्रोत्साहित गर्दैनन्, किनभने अध्यात्ममा विश्वास गर्ने व्यक्तिको मानसिक कार्य बढी हुन्छ र शारीरिक परिश्रम कम, त्यसैले उनीहरूलाई मासु पच्दैन । उनीहरू शाहाकारी भोजनलाई बढी प्राथमिकता दिन्छन् ।

 

  •  विशेषगरी दीर्घरोगीले मासु नखानु नै राम्रो हो । दीर्घरोगीलाई मासु पचाउन मुस्किल पर्छ । मासुमा हुने तत्वले ओषधोपचारमा समेत बाधा पुग्न सक्छ । त्यसैले सामान्यतः चिकित्सकले दीर्घरोगीलाई माछा–मासु नखान सल्लाह दिन्छन् ।

 



  •  सरुवा रोग भएको अवस्थामा पनि माछा–मासु नखाएकै राम्रो । त्यस्तो अवस्थामा पाचन प्रक्रियाले काम नगर्नुका साथै मासुले असरसमेत गर्न सक्छ । बेलुकीभन्दा बिहानको समयमा व्यायाम हुने भएकाले बिहान र दिउँसो नै माछा–मासु खानु उपयुक्त हुन्छ । खानासँग भन्दा पनि खाजासँग खानु स्वास्थ्यका निम्ति लाभदायक हुन्छ । बेलुकी खाँदा व्यायाम कम हुन्छ र पचाउन मुस्किल पर्छ ।

 



  •  बालबालिकालाई भने शारीरिक तथा मानसिक वृद्धि–विकासका लागि माछा–मासुको आवश्यकता पर्छ । बालबालिकाले खान सक्ने भएपछि आवश्यकताअनुसार माछा–मासु खुवाउन सकिन्छ । 

 

  •  वृद्ध–वृद्धाले माछा–मासु नखाएकै राम्रो । माछा–मासु पचाउन कठिन हुनुका साथै यसले विभिन्न असर पनि गर्न सक्छ । वृद्धावस्थामा शाकाहारी भोजन गर्नु ठीक हुन्छ ।
  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार ०:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया