घरमै चुराेट पिउनुहुन्छ ? बच्चाका लागि थाेरै त साेचिदिनुस् !

एजेन्सी- के तपाईं धूमपान गर्नुहुन्छ ? अनि घरमा बच्चा पनि छन् ? याद गर्नुस् एउटै घरमा सिगरेट र बच्चा दुवैलाई एकसाथ माया गर्न सकिँदैन ।

यदि चुराेट पिउनुहुन्छ भने यी दुईमा एकलाई छाेड्नु पर्ने हुन्छ । अमेरिकाकाे एक अध्ययनका अनुसार चुराेट पिउने आमाबाबुसँग रहने छाेराछाेरीकाे फाेक्साेमा अत्यन्त गम्भीर राेग पैदा हुन्छ जसले उनीहरुकाे मृत्युसमेत हुनसक्छ । याे बिरामी प्यासिभ स्माेकिङका कारण हुने हाे । प्यासिभ स्माेकिङ भनेकाे जब एउटा मान्छेले चुराेट पिइरहेकाे छ र उसकाे वरपर अरु मानिसहरु छन् भने उनीहरुले पनि धुवाँ निल्ने बाध्यता हुनु हाे ।

यस विषयमा अध्ययन गरेका विशेषज्ञहरुका अनुसार चुराेट नपिउने एक लाख मानिसमा सात मृत्यु प्यासिभ स्माेकिङका कारण हुन थालिसकेकाे छ । अमेरिकी क्यान्सर साेसाइटीकाे अध्ययनमा ७० हजार ९ सय धूमपान नगर्ने महिला पुरुषलाई सामेल गरिएकाे थियाे जसका बाबुआमा चुराेट सेवन गर्थे । त्यसबाट पाइएकाे रिपाेर्टपछि उनीहरुले बच्चाका लागि भए पनि चुराेट छाड्नु पर्ने सल्लाह दिएका छन् ।

अध्ययनका अनुसार चुराेट पिउने आमाबाबुका सन्तानमा विभिन्न राेग लाग्ने सम्भावना निकै धेरै थियाे । यदि कुनै पनि बच्चा सातामा १० घन्टा चुराेटकाे धुवाँ वरपर भएमा उसमा मुटुकाे राेग हुने सम्भावना २७ प्रतिशत बढ्छ । त्यस्तै त्यस्ताे बच्चामा मष्तिष्कघात हुने सम्भावना २३ प्रतिशत बढी हुन्छ भने अन्य गम्भीर राेग लाग्ने सम्भावना ४२ प्रतिशतले बढ्छ । अध्ययनमा याे तुलना ती बच्चाहरुसँग गरिएकाे थियाे जसका बाबुआमाले उनीहरुकाे अगाडि चुराेट पिएका थिएनन् । २२ वर्षसम्म अध्ययनमा लिइएका मानिसहरुमा स्वास्थ्य परीक्षण गरेर याे रिपाेर्ट तयार पारिएकाे हाे ।

त्यसैले यसमा संलग्न व्यक्तिहरुले भनेका छन्- बच्चाका लागि भए पनि चुराेट पिउने मानिसहरुले घरबाहिर मात्र चुराेट पिउनु पर्छ ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार १:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया