अभिनेत्री शिल्पा पाेखरेल पक्राउ हुने बाटाे खुल्याे

काठमाडाैं– निर्देशक छवि ओझासँगकाे विवादपछि नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटाे खुलेकाे छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र मनाेज कुमार शर्माकाे संयुक्त इजलासले मंगलबार उनले दायर गरेकाे रिट खारेज हुने फैसला गरेपछि उनलाई प्रहरीले पक्राउ गर्न सक्ने भएकाे हाे । 

छवि ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न आदेश दिएसँग उनी फरार थिइन । जिल्ला अदालतले दिएको आदेशविरूद्ध शिल्पा सुरुमा उच्च अदालत पाटन पुगेकी थिइन् । 

गत २४ साउनमा उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको थियो । सो आदेशविरूद्ध उनले आफ्नो वारेसमार्फत गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन । साे रिट पनि खारेज भएकाे हाे । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार २२:५८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया