मिर्गाैला तस्करी आराेप लागेका निदान अस्पतालका सिइओसहित जेल चलान

काठमाडाैं– नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला  प्रत्यारोपण गरेको घटनामा ललितपुरको निदान अस्पतालका सिइओ र चिकित्सकसहित पाँचजना जेल चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रधान, चिकित्सक डा. राजेश पन्त कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गाैला लिने शंकरलाल लामालाई जेल चलान गर्ने आदेश दिएको हो । 

लामाबाहेक पक्राउ परेका अन्य चारजना मिर्गौेला प्रत्यारोपणमा कागजपत्र प्रमाणीकरण गर्ने कानुन समितिका व्यक्ति हुन् । शंकरलालका आफ्नै भान्जा भन्दै पीडितको मिर्गाैला निकालिएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार १२:३५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया