अदालतका कारण समस्यामा पर्यो नवाजुद्दीनको फिल्म

एजेन्सी– नवाजुद्दीन सिद्दीकी तथा अथिया शेट्टीको अगामि फिल्म मोतीचुर चकनाचुर एकपटक फेरि कानुनी समस्यामा फसेको छ । बिहारको सिभिल अदालतले फिल्मविरुद्ध स्टे अर्डर जारी गरेको छ । यसअघि पनि यो फिल्मविरुद्ध अरु विभिन्न मुद्दा परेका थिए । यसका निर्देशक देवमित्रा बिसवालविरुद्ध पनि एकपटक पेमेन्टको विषयमा मुद्दा परेको थियो । 

भारतीय मिडियामा आएको रिपोर्टअनुसार बिहारका वितरकले फिल्मविरुद्ध मुद्दा हालेका हुन् । उनीहरुले आफूले यसलाई वितरण गर्ने अधिकार लिइसके पनि पेमेन्टका विषयमा नै लफडा भएको जनाएका छन् । 

फिल्मकी अभिनेत्री अथिया शेट्टीले पनि फिल्ममा काम गरेको पैसा नपाएको उजुरी गरेकी छिन् । यो फिल्म नोभेम्बर १५ मा रिलिज गर्ने भनिएको थियो । अब अदालतको आदेश आएकाले यसलाई पछाडि धकेलिने सम्भावना भएको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार १४:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया