एचपीले सार्वजनिक गर्यो इलाइट ड्र्यागन फ्लाई ल्यापटप

एजेन्सी– एचपीले आफ्नो इलाइट सीरीजको नयाँ ल्यापटप सार्वजनिक गरेको छ । यो एक टु इन वान ल्यापटप हो जसको तौल लगभग १ केजी रहेको छ । यो ल्यापटपको नेपाली मूल्य १,४९,९९० रुपैया रहेको छ ।

यो ल्यापटपमा १३.३ इंचको स्क्रिन छ । सिंगल चार्जमा नै २४.५ घंटा निरन्तर यो ल्यापटप चलाउन सकिने कम्पनीले दावी गरेको छ । यो ल्यापटपको बडि टु स्क्रिन रेसियो ८६ प्रतिशत रहेको छ । यो ल्यापटपमा आठौ जेनेरेशन इंटेल कोर विप्रो प्रोसेसर दिइएको छ ।

ल्यापटप मोडर्न वर्कफोर्सलाई ध्यानमा राखी बनाईएको छ । यो ल्यापटपमा १६ जिबी र्याम र २ टिबी हार्डडिस्कसहितको स्टोरेज छ । ३० मिनेट चार्जमा राख्दा यो ल्यापटपमा ५० प्रतिशत चार्ज भइसक्छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार १४:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया