अनलाइन फारामकाे व्यवस्थापछि त्रिविमा दीक्षान्त फारम भर्ने विद्यार्थीको संख्या बढ्याे

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको संख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको संख्यामा वृद्धि भएको हो । 

यस वर्ष हुने ४५औँ दीक्षान्त समारोहमा १० हजार १ सय ७८ विद्यार्थीले दीक्षित हुनका लागि आवेदन दिएको दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । गत वर्ष नौ हजार ५ सय ४ विद्यार्थी दीक्षित भएका थिए । ‘अनलाइनबाट फाराम भर्न थालेपछि दीक्षित हुने विद्यार्थीको संख्यामा पनि वृद्धि भएको छ’, उनले भने, ‘गत वर्षभन्दा यस वर्ष हजार विद्यार्थी बढीले आवेदन दिएका छन् ।’ पहिले त्रिविस्थित परीक्षा नियन्त्रण कार्यालयमा आएर विद्यार्थीले आवेदन दिने गर्थे । 

उनका अनुसार अनलाइनमा फाराम भर्नुभन्दा अगाडि करिब सात हजारको संख्यामा विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने गरेका थिए । आवेदन दिएको उजुरीमाथि सुनवाइ गरी त्रिविले अन्तिम नामावली प्रकाशन गर्ने गर्छ । सन् २०१८ जुन १५ देखि २०१९ जुन १४ सम्म लब्धांक पत्र (ट्रान्सक्रिप्ट) लिएका विद्यार्थी समारोहमा सहभागी हुन पाउने व्यवस्था रहेको छ । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार १५:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया