ब‌ंगलादेशी राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सम्पन्न

काठमाडौं– नेपाल भ्रमणमा आएका ब‌ंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ ।

हमिदसँग भेटवार्ताका लागि प्रधानमन्त्री आली हमिद बसेको काठमाडौंको मेरियट होटलमा पुगेका थिए । सो भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलगायतको सहभागिता रहेको थियो । 

मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदले यसअघि बुधबारै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए । 

 प्रधानमन्त्रीसँगको भेटपछि राष्ट्रपति हमिदले नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट गर्दै छन् । उपराष्ट्रपतिसँगको भेटपछि राष्ट्रपति हमिद समकक्षी विद्या भण्डारीसँग भेटवारता गर्न शीतलनिवासमा जानेछन् । 

सो भेटलगत्तै हमिद राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ साढे ६ बजे दरबारमार्गस्थित होटल याक एण्ड यतीमा रात्रिभोज आयोजना गरेकी छिन् ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार १६:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया