एउटा होइन, पाँच किसिमका क्यान्सरबाट रोक्छ टमाटरले

एजेन्सी– यसमा सायदै कसैले शंका गर्ला कि फलफूलले हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुग्छ । हाम्रो राम्रो स्वास्थ्यका लागि फलफूल निकै आवश्यक हुन्छ । र, हामीले नियमित रुपमा फलफूलको सेवन गर्नु पर्ने हुन्छ । 

 

त्यसो त हरेक फलफूल आआफ्नो प्रकृतिअनुसार निकै फाइदाजनक पनि हुन्छ । कतिसम्म भने कुनै फलफूलले पाचन प्रक्रियालाई राम्रो गर्न सहयोग गर्छ भने कुनैले हाम्रो मुटु राम्रो राख्न वा आँखालाई तेजिलो राख्न । 

 

यस्तै एउटा सब्जी हो, टमाटर अर्थात् गोलभेँडा । तर, यसले एउटा मात्र फाइदा पुर्याउने होइन, यसले त हामीलाई पाँच विभिन्न किसिमका क्यान्सरबाट बचाउन सहयोग गर्छ । 

 



अमेरिकाको डिपार्टमेन्ट अफ एग्रिकल्चरलाई मान्ने हो भने १०० ग्राम टमाटारमा ११० मिलिग्राम क्याल्सियम हुन्छ । अनुसन्धानकर्ताले भनेका छन् कि टमाटर धेरै खाँदा क्याल्सियम र भिटामिन हाम्रो शरिरलाई मिल्छ । अनुसन्धानकर्ताहरुले प्रोस्टेट, ओभरी, फोक्सो, पेट तथा हड्डीको क्यान्सरबाट बच्न टमाटरको सेवन फलदायी हुनसक्ने बताएका छन् । 



  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार २३:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया