श्रम सम्झौता संशोधन गर्न बहराइन तयार

काठमाडाैं– नेपाल सरकार र बहराइन सरकारबीच भएको श्रम सम्झौता संशोधन गर्न बहराइन सरकार तयार भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि बहारइनका गैरआवासीय राजदुत अब्दुल रहमान महोम्मद अहमद अल गाउदबीच भएको भेटघाटमा राजदुत गाउदले नेपाली श्रमिकहरूको हकहित र कल्याणका लागि बहराइन सरकार प्रतिवद्ध रहेको बताए । 

राजदुत गाउदले नेपाली श्रमिकले बहराइनको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाली श्रमिकको प्रशंसा गरेका थिए । नेपाली श्रमिक अनुशासित र कामप्रति प्रतिवद्ध भएकोले बहराइन सरकारले नेपाली श्रमिककोे संख्या बढाउन चाहेको जानकारी दिए ।

छलफलमा अन्तर्राष्ट्रिय मान्यता अनुरुप द्विपक्षीय श्रम सम्झौता तथा दुई देशबीचको बहुआयामिक सम्बन्ध बिस्तारका लागि पहल गर्न दुवै पक्ष सहमत भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार १:५४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया