प्युठानमा बाेलेराे भीरबाट खस्दा एककाे मृत्यु

प्युठान– स्वर्गद्वारी नगरपालिका-४ कोलवांग भिरमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि  एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

बिहीवार विहान भिंग्रीबाट पानी बोकेर स्वर्गद्वारीतर्फ जान लागेको बोलेरो गाडी दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेकाे सनाखत हुन नसकेको स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायका स्वकिय सचिव रमेश पोख्रेलले जानकारी दिए ।  

गाडी करिब  चार सय मिटर तल खसेको छ । घाईतेको प्राथमिक स्वास्थ्य चौकी भिग्रीमा उपचार गरिएको छ । चालक फरार भएकाले घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार १२:१५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया