६ कारण जसले बिगार्न सक्छ वैवाहिक जीवन

एजेन्सी— वर्षौसम्म प्रेम सम्बन्धमा रमाएपछि विवाह गरेर घरजम गरेकाहरुको सम्बन्ध पनि बिग्रिएको हामीले देखेका हुनसक्छौँ । प्रेममा रमाएको एक जोडी विवाह बन्धनमा बाँधिएपछि उनीहरुबीच कसरी दूरी बढ्छ भन्ने कुरा धेरैले ख्याल नगरेका हुनसक्छन् । तर, सम्बन्धबारे कहिलेकांही हामीले गल्ती गरिरहेका हुन्छौँ । केही गल्तीहरुः

पुरानो प्रेमबारे आफ्नो पति वा पत्नीलाई बताउनु हुँदैन । बताए पनि त्यही विषयमा बारम्बार छलफल गर्नु वा आफूले त्यो सम्बन्धलाई प्राथमिकता राखेको जस्तो गर्नुले सम्बन्ध नराम्रो बन्न सक्छ । यसले झगडा निम्त्याउने मात्र होइन, दुई जनाको सम्बन्धलाई विच्छेदको अवस्थामा नै पनि पुर्याउन सक्छ । 

धेरैजसो जोडीहरुले भन्ने गरेका हुन्छन्– सानोतिनो झगडा त भइहाल्छ । तर, के तपाईंलाई थाहा छ– त्यस्तै सानातिना झगडाले गदौ नै सम्बन्धमा नमीठोपना सुरु हुन्छ र मानिसहरुलाई अलग्याउँदै लैजान्छ ? त्यसैले सानातिना झगडाको समाधान निकालिहाल्नु राम्रो हुन्छ । 

आफूलाई लागेको कुरा सेयर नगर्ने बानीले पनि कहिलेकांही सम्बन्धलाई बिगार्न सक्छ । जस्तो कि आफ्नो कुराले पति वा पत्नीको मन दुख्छ भन्ने सोचेर मनमा नै त्यस्ता कुरा गुम्साइरहेको खण्डमा त्यही कुराले सम्बन्ध बिगार्न सक्छ । त्यसैले यस्ता कुराहरु हामीले समयमा सेयर गर्ने बानी बसाल्नुपर्छ । 

पति वा पत्नीमा भएको इस्र्याको भावनाले पनि सम्बन्ध बिगार्न सक्छ । त्यसैले कुनै पनि भावना जोडीहरुले एकअर्कालाई सेयर गर्नु पर्ने हुन्छ । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार २३:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया