एजेन्सी– फिनल्यान्डको एक समुद्री तटमा अन्डा आकारमा हजारौँ बर्फका गोला टुक्राहरु कौतुहलको विषय बनेका छन् । यसलाई मौसमको एउटा दुर्लभ घटना बताइएको छ ।
यी ‘बरफका अन्डा’को तस्वीर खिचेका थिए, रिस्टो मतिलाले । उनले आफूले यो तस्वीर फिनल्यान्ड र स्वीडेनको बोथनिया खाडीको हाइलोतो द्वीपमा खिचेको बताएकी छिन् ।
विशेषज्ञहरुले यसलाई एउटा दुर्लभ घटना भएका छन् । र, यो दुर्लभ प्रक्रियाका कारण बनेका पनि बताएका छन् । उनीहरुले बर्फका टुक्राहरु हावा र पानीसँग एक साथ मिल्दा यस्तो भएको जनाएका छन् ।
ओलु सहरकी मतिलो चाहिँ आफूले यस्तो पहिले कहिल्यै नदेखेको बताएका छिन् ।
‘म पत्नीसँग त्यहाँ गएको थिएँ,’ उनले भनेका छन्, ‘त्यो दिन तापक्रम माइनस एक डिग्री सेल्सियस थियो । र, हावा पनि निकै चलेको थियो । त्यहाँ बरफका अन्डा निकै धेरै थिए ।’
लगभग ३० मिटर क्षेत्रमा यो फैलिएको र सबैभन्दा साना अन्डाको आकारका भए पनि ठूला बर्फ चाहिँ फुटबल जत्रा भएको उनले बताएका छन् ।
उनले आफूसँग क्यामेरा भएकाले यो अद्भूत घटना खिच्न पाएको बताएका छन् ।
यसअघि यस्तो घटना सिकागोमा र रुसमा पनि देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।