राजपुर बमकाण्डका पीडित सुरक्षाको माग गर्दै अदालतमा

रौतहट- पूर्वमन्त्री तथा कांग्रेस नेता माेहम्मद अफ्ताव आलमकाे संलग्नतामा रौतहटमा १२ बर्ष अघि भएको बम विस्फोट सम्बन्धी मुद्दाको थुनछेक बहस चलिरहेकै बेला बम विस्फोट घटनामा परी घाइते भएका एक पीडितले असुरक्षित भएको भन्दै अदालतको शरणमा पुगेका छन् ।

आलमको थुनछेक बहस चलिरहेको क्रममा आलमका मान्छेहरुले अपहरण गरी बयान फेर्न दवाव दिएपछि बम विस्फोटमा परी घाइते भएका पीडित भारत विहार राज्य सितामढीका ४२ बर्षिय गौरी शंकर राम चमारले अदालत समक्ष लिखित रुपमै आफ्नो सुरक्षाको माग गरेका हुन् ।

राजपुरमा भएको बम विस्फोटमा परी गम्भिर घाइते भएका चमारको कान अनुहार तथा छातीसम्म जलेकाे छ । आलमलाई प्रहरीले पक्राउ गरीसकेपछि उनको उपचारमा भएको खर्च र उनलाई कारबाहीको लागि चमारले उक्त घटना आलमको योजनामा भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी समेत दिएका थिए । तर केही दिनमा उनले फेरि आफू स्टाेभ पड्किएर घाइते भएकाे बताए । उनैले भाेलिपल्ट आफूलाई आलमका मानिसहरुले अपहरण गरेकाे र जबरजस्ती याे अभिव्यक्ति दिन लगाएकाे बताए । 

उनले फेरि आफू स्टोभ पड्किएर नभइ २०६४ सालमा राजपुरको फरहदवामा भएको बम विष्फोटमा परेर घाइते भएको पनि प्रष्ट्याएका थिए । अब शंकररामले आफ्नाे सुरक्षाकाे माग गर्दै अदालत पुगेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७६ शुक्रबार ३:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया