आलमकाे थुनछेक बहस सकियाे, फैसला आजै आउने

राैतहट– पूर्वमन्त्री एवं सांसद अफताव आलमविरुद्ध कर्तव्य ज्यानसहितको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएको छ । आलम पक्षका कानुन व्यवसायीको बहस सकिएपछि सरकार र पीडितका तर्फबाट प्रति बहस भएको थियो ।

अपरान्ह ३ः०० बजे बहस सकिएपछि अदालतले आदेश सुनाउने तयारी गरेको छ । आलमका तर्फबाट २८ कानुन व्यावसायीले बहस गरेका थिए । सरकार र पीडितका तर्फबाट १३ जनाले बहस गरे ।

अदालतले आदेश सुनाउने भएपछि गौरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । रौतहट जिल्ला अदालत आसपास प्रहरीको बाक्लो उपस्थिति छ । आलमलाई अभियोगपत्रसहित अदालत पेश गरेदेखि नै गौरमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

 




  • प्रकाशित मिति : कात्तिक २९, २०७६ शुक्रबार १५:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया