काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि प्राप्त गर्ने नेपाली महिला भलिबल टिमका सदस्यलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
ऐतिहासिक उपाधि जिताएका कारण नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको परिषद्ले जनाएको छ ।
बंगलादेशको राजधानी ढाकामा बिहीबार सम्पन्न सो महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो । नेपालले अन्तर्राष्ट्रिय उपाधि जितेको पहिलोपटक हो । नेपालले माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको थियो ।
समूह चरणमा अपराजित रहने क्रममा नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।