प्रधानमन्त्री ओलीको डायलाइसिस गरियो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको शनिबार डायलाइसिस गरिएको छ । 

मिर्गौलाको डायलाइसिस गर्न शनिबार विहान प्रधानमन्त्री ओली ८ बजे ग्रान्डी अस्पताल पुगेका थिए । 

अस्पतालका प्रमुख डा. चक्रराज पाण्डेले बताएअनुसार प्रधानमन्त्री ओलीको अन्य रिपोर्ट सामान्य देखिएको छ ।

यसअघि १२ कात्तिकमा प्रधानमन्त्री ओलीको आकस्मिक अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । 

प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस फेरि पनि गरिनु पर्ने हुनसक्ने चिकित्सकले जनाएका छन् । अर्कोतिर, प्रधानमन्त्री ओली मिर्गौलाको उपचारका लागि अमेरिका जाने विषयमा छलफल सुरु भएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७६ शनिबार १६:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया