अवार्ड सोमा टपलेस भइन् गायिका !

एजेन्सी– चिलीमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ । योसँगै त्यहाँ विभिन्न क्षेत्रका व्यक्तिहरुले विरोध कार्यक्रम जनाइरहेका छन् । तिनैमध्ये एक हुन्, मोन लाफर्ते । उनी लस भेगसमा भएको ग्य्रामी अवार्डस् कार्यक्रममा विरोधका लागि टपलेस भएकी हुन् । 

३६ वर्षकी यी गायिकाले अवार्ड समारोहमा चिलीको प्रहरीले क्रुरता गरिरहेको आफ्नो छातीमा लेखेर देखाइन् । 

रेड कार्पेटमा हिँडिरहेकी यी गायिकाले आफ्नो कालो ज्याकेट फुकालेर आफ्नो छातीमा लेखेको देखाइएकी थिइन्– चिलीमा उनीहरु बलात्कार गरिरहेका छन्, प्रताडित गर्दै मानिसहरुलाई मारिरहेका छन् । 

उता, चिलीमा एक महिनादेखि सरकारविरोधी प्रदर्शन भइरहेका छन् । यस्ता प्रदर्शनमा २० भन्दा बढीको मृत्यु भइसकेको छ । हजारौँ पक्राउ परेका छन् । सयौँले आफ्नो आँखाको रोशनी गुमाएका छन् । पाँच सुरक्षाकर्मी प्रदर्शनकारीको प्रहारबाट मारिएका छन् । प्रहरीले त्यहाँ बलात्कार गरिरहेको आरोप लगाइएको छ ।

चिलीकी गायिका मोन लाफर्ते ग्य्रामी अवार्डमा बेस्ट अल्टर्नेटिभ एल्बम अवार्ड लिन आएकी थिइन् । उनले यो अवार्ड पनि चिलीका जनताको नाममा समर्पण गरेकी छिन् । चिलीका पत्रकार, खेलाडी तथा कलाकारले त्यहाँ भइरहेको सरकारविरोधी आन्दोलनलाई खुलेर समर्थन गरेका छन् ।

गत महिनामात्र त्यहाँ राष्ट्रपति सेबेस्टिन पिन्येराले पूरै क्याबिनेट निलम्बन गरेका थिए । त्यसपछि उनले नयाँ सरकार गठन गर्न आदेश दिएका छन् । 



खासमा चिलीमा यो विरोध प्रदर्शन त्यहाँ मेट्रोको शुल्क बढाएपछि सुरु भएको थियो । मेट्रोको शुल्क बढाएपछि भएको आन्दोलनले पछि ठूलो रुप लिएको हो । त्यहाँ १० हजारभन्दा मानिसलाई योबीचमा पक्राउ गरिसकिएको छ ।



  • प्रकाशित मिति : मंसिर १, २०७६ आइतबार ११:४७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया