Sat, 07 Dec, 2019


श्रीलंकाका राष्ट्रपतिमा गोताबया निर्वाचित
फरकधार / मंसिर १, २०७६

एजेन्सी– श्रीलंकाली राष्ट्रपतीय निर्वाचनमा गोताबया राजापक्ष निर्वाचित भएका छन् । उनले कडा प्रतिस्पर्धामा साजिथ प्रेमदासलाई हराएका हुन् ।



यसअघि राजापक्ष श्रीलंकका रक्षामन्त्री भइसकेका थिए । उनी श्रीलंकाका दुई पटक राष्ट्रपति भइसकेका महिन्दा राजापक्षका भाइहुन् । 

शनिबार श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । राजापक्षले अप्रिलमा भएको बम विस्फोट र देशको सुरक्षालाई आफ्नो मुख्य अजेन्डा बनाएका थिए ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्