कार दुर्घटनामा परी एकै परिवारका पाँचकाे मृत्यु

एजेन्सी– भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ ।

एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ ।

एउटा विवाह समारोहमा सहभागी हुनको लागि गइरहेको सो कार दुर्घटना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । 

यस समाचारको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७६ आइतबार १६:४३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया