काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले नेपाली युवामा स्वदेशमा परिश्रम नगरी विदेश जाने प्रवृत्ति बढेको बताएका छन् ।
राजधानीको भृकुटीमण्डपमा सुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले देशमै उद्यमशीलताको प्रशस्त सम्भावना हुँदाहुँदै युवाहरु विदेश गइरहेकोमा चिन्ता व्यक्त गरे ।
‘विदेश नै जानुपर्छ रातभर लाइन लाग्छन्, लाठी चार्ज गर्नुपर्ने स्थिति छ,’ गभर्नर नेपालले भने, ‘अनि अर्काको देशमा पसिना बगाएर हाम्रो देश बनेन भन्छन् । हाम्रो देश अरु कसलै बनाइदिँदैन । हामीले नै बनाउने हो ।’
मुलुकका ७ सय ४१ तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको उल्लेख गर्दै गभर्नर नेपालले बैंकमार्फत आपूर्ति हुने पैसा सदुपयोग नभएकोमा चिन्ता व्यक्त गरेका छन् । यसमा सर्वसाधारण मात्रै नभएर बैंक तथा वित्तीय संस्थाको पनि कमजोरी रहेको उनले औँल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।