क्लब एलओडीमा नाचे राजा ज्ञानेन्द्र, टिकटक भर छायो भिडियो (भिडियो)

काठमाडौं– ठमेलमा रहेको क्लब एलओडी (लर्ड अफ रिङ्स)मा राजा ज्ञानेन्द्र नाचेको भिडियो यतिबेला नेपाली प्रयोगकर्ताले टिकटकभर राखेका छन् । 

राजा ज्ञानेन्द्र आफ्ना केही नातेदार तथा सुरक्षाकर्मी लिएर एलओडीमा गएका हुन् । त्यहाँ उनी गएपछि मदिराले झुमिरहेको डान्स फ्लरबाट उनको नाममा निकै लिइएको थियो । 

टिकटकमा उनी नाचेका विभिन्न भिडियो अपलोड भइरहेका छन् । रातो र चन्द्र सूर्य तथा अन्य गीतहरुमा राजा ज्ञानेन्द्र नाचेका छन् । 

ढाका टोपी लगाएर क्लबमा पुगेका ज्ञानेन्द्रले बारम्बार हुटिङ आइरहेको ठाउँमा पनि हात हल्लाएर रेस्पोन्स गरेका छन् । 

क्लबमा उनको प्रस्तुति हेर्दा उनले केही पिएको जस्तो पनि देखिन्छ । यसबारे बुझ्न एलओडीमा सम्पर्क गर्दा त्यहाँबाट यसबारे जानकारी दिन नमिल्ने बताइएको छ ।

हेर्नुस्, टिकटकमा अपलोड भएका राजा ज्ञानेन्द्र नाचेका केही भिडियोः





  • प्रकाशित मिति : मंसिर २, २०७६ साेमबार १:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया