Fri, 06 Dec, 2019


प्रधानमन्त्रीले गरे सिंहदरबारबाटै माथिल्लो त्रिशूली थ्रि–ए उद्घाटन
फरकधार / मंसिर २, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदबारको वार रुमबाट नै माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।



सिंहदरबारमा प्रधानमन्त्री कार्यालयमा रहेको वार रुमबाट स्विच थिचेर प्रधानमन्त्री ओलीले यो जलविद्युत् आयोजनाको उद्घाटन गरेका हुन् । यसअघि उनी पनि नुवाकोट जाने कार्यक्रम रहेको थियो । तर, नुवाकोटको किस्पाङ गाउँपालिकामा भने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन मात्र पुगे । 

पुनले त्यहाँबाट र प्रधानमन्त्री ओलीले सिंहदरबारबाट यो आयोजनाको संयुक्त उद्घाटन गरेका हुन् ।

यो उद्घाटनसँगै अब त्यहाँबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यो आयोजनाबाट दैनिक १४ लाख ४० हजार युनिट बिजुली उत्पादन हुनेछ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्