काठमाडौँ- बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपको समूह चरणअन्तर्गत आज भएको अन्तिम खेलमा नेपाल बङ्गलादेश यु-२३ सँग ८ विकेटले पराजित भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खासै राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउदै १३८ रन मात्र बनायो ।नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन, कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा करण केसीले १८ रनको योगदान दिए ।
बङ्गलादेशका लागि सुमोन खान तथा मिन्हाजुल अब्दीन अफ्रिदीले समान ३ विकेट तथा मेहदी हसनले २ विकेट लिए ।
१३९ रनको सामान्य लक्ष्य बङ्गलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
बङ्गलादेशका लागि कप्तान नज्मुल होसनी शान्तोले सर्वधिक अविजित ५९ रनको योग्दान दिए । ५६ बलको सामना गरेका उनले ६ चौका तथा २ छक्का प्रहार गरे । त्यस्तै मोहम्मद नइमले ४५ तथा यसिर अलीले १८ रनको योगदान दिए ।
नेपालका लागि सुशन भारी तथा करण केसीले समान १ विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।