दोलखामा जिप दुर्घटना, दुईको मृत्यु, ११ घाइते

दाेलखा– दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ झोरमनगाँउबाट रामेछापको दोरम्बाको दहपताल जाँदै गरेको बोलेरो जिप दोरम्बाको डढुवामा दुर्घटना भएकाे छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा झोरमनगाँउका भीमबहादु श्रेष्ठको अन्दाजि ११ वर्षीया छोरी दिलकुमारी श्रेष्ठ र गणेश श्रेष्ठको छोरी अन्दाजी ७ वर्षीया सुवानी श्रेष्ठ रहेको घटनाका प्रत्यक्षदर्शी स्थानीय दिपेश श्रेष्ठले  जानकारी दिए ।

दुर्घटनामा चालक मनोज पाण्डे सहित ११ जना घाईते भएका र उनीहरूको काठमाण्डौँमा उपचार भइरहेको श्रेष्ठले बताए घाइते हुनेहरुमा  झोरमनगाँउका करिब २४ वर्षीया लालमाया श्रेष्ठ, २३ वर्षीय मानकुमार श्रेष्ठ, ८वर्षीय यूनिया श्रेष्ठ, ५० वर्षीय केन्द्रबहादुर श्रेष्ठ, १३ वर्षीय बिनबहादुर श्रेष्ठ, २६ वर्षीयलक्ष्मी श्रेष्ठ, १० वर्षीय इच्छा श्रेष्ठ, ६ वर्षीय सुक्रिया श्रेष्ठ, ८ वर्षीयसुमिर श्रेष्ठ र विमला श्रेष्ठ रहेका छन् ।

डढुवामा नेवार समुदायको क्षवर कार्यक्रमको लागि हिडेका नातेदारहरू चढेको बा १३ च ७०९५ नम्बरको बलेरो सोमबार साँझ कच्चीबाटोबाट डढुवाको खोचमा झण्डै तीनसय मीटर तल खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार ११:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया