छातीमा ट्याटु खोपेर विहेको प्रस्ताव

एजेन्सी– मानिसहरु आफ्नी प्रेमिकालाई खुसी बनाउन अनेक उपायहरु अपनाइरहेका हुन्छन् । कोहीले केही गरिरहेका हुन्छन् त केहीले संसारभर चर्चामा आउनकै लागि त्यस्तो प्रस्ताव गरिरहेका हुन्छन् । 

अब अहिले सामाजिक सन्जाल तथा विश्वका मिडियाहरुमा एउटा तस्वीर निकै भाइरल भइरहेको छ । तस्वीरमा एक युवाले छातीमा ट्याटु खोपेर आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव राखेका छन् । ती युवाले छातीमा के मलाई विवाह गर्छौ भनेर लेखेका छन् । 

यी युवाले आफ्नी प्रेमिकालाई पनि ट्याटु खोप्ने ठाउँमा लगेका थिए । तर, उनलाई बाहिर नै राखेका थिए । बरु उनलाई विल यु म्यारी मी लेखेर एउटा कागजमा पठाएका थिए । ती युवतीले यसमा टिक लगाइन् । अनि ट्याटु आर्टिस्टले त्यही अनुसार ट्याटु बनाए । यो अहिलेसम्मको विवाहका लागि फरक तरिकाले गरिएको प्रस्ताव भएको मानिएको छ ।
 





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार १२:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया