अफिसमा महिला कर्मचारीले चश्मा लगाउन नपाउने, मेकअप गर्नैपर्ने

एजेन्सी– विश्वका सबै अफिसहरुमा कर्मचारीका लागि ड्रेस कोड नहुन पनि सक्छ । तर, हामी सबैले अफिस जाँदा अलिक स्मार्ट देखिने कपडा लगाएर नै गइरहेका हुन्छौँ । तर, लैङ्गिक हिसाबमा जब प्रशासनले एउटा विशेष ड्रेस कोड निर्धारण गर्छ, तब त्यसको विरोधमा आवाज उठ्नुलाई स्वभाविक मान्न सकिन्छ ।

जापानको एउटा कम्पनीले ल्याएको एउटा यस्तै नियमले अहिले चर्चा कमाएको छ । त्यहाँ एउटा कम्पनीले महिलाहरुलाई अफिस आउँदा चश्मा लगाउन नपाउने नियम बनाएको हो । तर, पुरुषको हकमा भने यस्तो छैन ।

महिलाले चश्मा लगाउँदा उनीहरुको सौन्दर्य गुम्ने भन्दै यस्तो नियम लगाइएको हो । चश्मा लगाउँदा ग्राहकमा पनि असर गर्ने जापानी कम्पनीहरुले निष्कर्ष निकालेका छन् । अर्कोतिर जापानको यो कम्पनीले महिलाका लागि मेकअप गर्न पनि अनिवार्य गरेको छ । त्यसैले अहिले जापानमा केयुटु ह्यासट्यागमा सामाजिक सन्जालमा विरोध सुरु भएको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार १२:४२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया