सम्पत्ति विवादमा ६५ वर्षेले गरे पत्नीको घाँटी रेटी हत्या

एजेन्सी– सम्पत्तिको लोभले मानिसलाई कतिसम्म बनाउँछ भन्ने एउटा उदाहरण आएको छ । यो घटना भारतको महाराष्ट्रको ठाणे भन्ने जिल्लाको हो । त्यहाँ ६५ वर्षका एक व्यक्तिले आफ्नी पत्नीको घाँटी रेटी हत्या गरेका छन् ।

प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आरोपी सोमनाथ शुक्लाले विवादका कारण ५५ वर्षकी पत्नी शारदाको हत्या गरेका हुन् । उनी ६५ वर्षका भएका छन् । 

उनीहरुबीच दुई फ्ल्याटको भाडाको विषयमा बारम्बार झगडा हुने गरेको थियो । यो फ्ल्याट उनीहरुको छोराको नाममा भएको र त्यसलाई आफ्नो नाममा गर्नु पर्ने दुवैले अडान राख्दै आएका थिए । यही विवादमा आइतबार राति उनले श्रीमतीको हत्या गरेका हुन् । 





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार १२:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया