नयाँ मन्त्रीहरुबारे छलफल गरेपछि प्रचण्ड–ओली शितलनिवासमा
फाइल तस्वीर ।

काठमाडौं– बालुवाटारमा लामो समय मन्त्रिपरिषद्को विषयमा छलफल गरेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । त्यहाँ उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग नयाँ मन्त्रीहरुको विषयमा छलफल गरेको नेकपा उच्च स्रोतले फरक धारसँग बताएको छ । 

‘सम्भवतः नयाँ मन्त्रीहरुको सपथ आजै हुन्छ वा भोलि हुनेछ,’ नयाँ मन्त्रीका आकांक्षीसमेत रहेका ती नेकपाका नेताले भने, ‘अध्यक्षद्वय पहिले छलफल गरेर शितलनिवास पुग्नु भएको हो ।’

नयाँ मन्त्रीहरुबारे टुङ्गो लगाउन नेकपाले आजै सचिवालय बैठक पनि बोलाएको छ । दिउँसो बस्ने सचिवालय बैठकले नयाँ मन्त्रीको टुङ्गो लगाउनेछ ।

प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा नै मन्त्रीमन्डल हेरफेर हुने बताएका थिए । उनले नयाँ मन्त्रीहरु हुने भएकाले अहिलेका मन्त्रीहरुलाई कुनै सार्वजनिक कार्यक्रममा नजान समेत भनेका थिए । तर, अहिलेसम्म नयाँ मन्त्रीहरु को को हुने भन्ने सार्वजनिक गरिएको छैन ।





  • प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार ११:५०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया