प्रचण्डले पाए नेकपाको कार्यकारी अध्यक्षकाे जिम्मेवारी, ओली पूर्ण कार्यकाल प्रधानमन्त्री

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका छन् । 

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पाँचवर्षे पूर्ण कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय भएको छ । 

नेकपाको सचिवालय बैठकले ओलीलाई पूर्ण कार्यकालका लागि निरन्तरता दिने र प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको हो । 

दुई अध्यक्षको वरियता समान हुने र आपसी समझदारीका आधारमा निर्णय लिने निर्णय भएको छ । 





  • प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार १५:५४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया