जनतालाई अधिकारसम्पन्न बनाउन राज्य बलियो हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

दाङ– प्रदेश नं– ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि राज्य बलियो हुनुपर्ने बताएका छन् । बुधबार पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरामा निर्माण गरिएको सभाहल उद्घाटन गर्न पुगेका पोखरेलले यस्ताे बताएका हुन् ।

प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा पहिलोपटक पुगेका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सधैँ नागरिकको हकहितको पक्षमा रहेको बताए ।

माैलिक कला, परम्परा र संस्कृतिले भरिएको रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकास्थित तकसेरामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेशलाई सम्पन्न बनाउनको लागि प्रदेश सरकारले व्यवस्थित योजना बनाएर अगाडि बढिरहेको जानकारी गराए । 

प्रदेश सरकारले पनि कृषिलाई नै पहिलो प्राथमिकता दिएर अगाडि बढिरहेको बेलामा रुकुम पूर्वको उत्पादनले बजार नपाएको खण्डमा बजारसम्म पुर्याउन अनुदानको लागि प्रदेश सरकार तयार रहेको उनको भनाइ छ ।

संघीयता कार्यान्वयनपछिको ७७औँ जिल्लाका रुपमा रहेको रुकुमपूर्वको जिल्ला सदरमुकामको टुंगाे लागि नसकेको अवस्थामा उनले यस विषयमा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतले जे फैसला गर्ने र त्यो जनताले स्विकार्नुपर्ने धारणा राखे ।

उत्तरगंगा नदी डाइभर्सनबारे बोल्दै उनले रुकुमेली जनताको सहमतिविना उक्त आयोजनाको काम अगाडि बढ्न नसक्ने बताए । उत्तरगंगा डाइभर्सनको कुरा छलफलमै भएको हुँदा रुकुमपूर्वको हितलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने उनको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार १७:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया