पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई धर्नामा

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई धर्नामा बसेका छन् । उनी बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै धर्नामा बसेका हुन् । 

आफ्नो ट्विटर एकाउन्टमा भट्टराईले एउटा तस्वीर राख्दै यसको जानकारी दिएका छन् । 

बूढीगण्डकी प्रभावित गोरखाका आरुघाट, आर्खेत र धादिङका बासिन्दा तथा अन्य जनप्रतिनिधि पनि बिहिबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिन पुगेका छन् । त्यही धर्ना कार्यक्रममा गोरखाका सांसद भट्टराई पनि पुगेका हुन् । 

‘बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना१’ बाबुराम भट्टराईले ट्विट गरेका छन् । 

उनले थपेका छन्, ‘यो महत्वपूर्ण राष्ट्रीय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस्१’





  • प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार ११:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया