बालविवाह अन्त्यका लागि दुई महिनाभित्र राष्ट्रिय कार्ययोजना : मन्त्री पार्वत गुरुङ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री पार्वत गुरुङले बालविवाह अन्त्य गर्ने बताएका छन् । 

कार्यभार सम्हालेलगत्तै नवनियुक्त मन्त्री गुरुङले यसका लागि दुई महिनाभित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रतिबद्धता व्यक्त गरे । 

महिला र बालबालिका माथि हुने हिंसा अन्त्य गर्न उनीहरुको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा आफू लागि पर्ने उनको भनाइ थियो । 

मन्त्री गुरुङले महिला हिंसा, बालविवाहजस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने कार्यक्रमलाई आफूले प्राथमिकता दिने योजना सुनाए । 





  • प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार १८:८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया