वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने श्रममन्त्रीको प्रतिबद्धता

काठमाडौं– नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले युवाहरूलाई गर्वका साथ वैदेशिक रोजगारीमा जाने अवस्था निर्माण गर्ने बताए । 

समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नुपर्ने औँल्याउँदै मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीका बेथिति र विकृतिहरू समाप्त गर्छु ।’

वैदेशिक रोजगारीको सिलसिलामा कुनै पनि किसिमको भ्रष्टाचार र अनियमितता हुन नदिने बताउँदै मन्त्री यादवले विदेश जाँदा पनि गौरव महसुस गर्नसक्ने वातावरण बनाउने नीति अवलम्वन गरिने आश्वासन दिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले धेरै युवालाई विदेश पठाएर सफल श्रममन्त्री बन्ने सोच नभएको र बाहिर बसेकालाई पनि देशमै ल्याएर रोजगारी दिने वातावरण बनाउने दाबी गरे । ‘मेरो प्रतिबद्धता त्यो हो, सकभर बाहिर जानु नपरोस् जानेहरू पनि गर्वका साथ जान पाऊन्’, मन्त्री यादवले भने, ‘जुनसुकै मूल्य चुकाउन तयार छु ।’





  • प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार १८:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया