संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक: पौडेल

काठमाडाैं— नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधान विपरित हुने भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताएका छन् ।

डेमोक्रेटिक लर्यस एसोसियसनको बार्षिक साधरणसभामा बोल्दै पौडेलले अध्यादेश नियुक्ती हुने कुनैपनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन नसक्ने बताए ।

‘म सम्माननिय राष्ट्रपति ज्यूलाई आग्रह गर्न चाहान्छु । उहाँ यो संविधान अन्तरगत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रीक अध्यादेशमा लालमोहर लगाउनु हुँदैन्,’ पौडेलले भने । उनले संवैधानिक परिषद् गठन सम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालेको विषेश महत्व रहेको बताए ।

उनले प्रधानमन्त्री केपी ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको बताए ।





  • प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार १२:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया