काठमाडौं– नेशनल मेडिकल कलेज वीरगन्जमा अध्ययनरत एमबिबिएसका विद्यार्थीहरुमाथि कुटपिट भएको छ । उनीहरुल कलेजले लिएको बढी शुल्क फिर्ता गर्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।
तीन बजेबाट आन्दोलन सुरु गरेका विद्यार्थीहरुमाथि पाँच बजे एक हुल ‘केटाहरु’ आएर कुटपिट गरेका हुन् ।
कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नु पर्ने सरकारले दिएको १५ दिने अल्टिमेटम सकिने लाग्दा पनि बेवास्ता गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । सरकारको अल्टिमेटम ३ दिनमा सकिँदैछ । नेशनल कलेजका विद्यार्थीहरु बिहिबारदेखि फेरि आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनरत विद्यार्थीहरुले कलेजका सिनियरहरु नै गेटमा आएर कुटपिटमा उत्रिएको बताएका छन् ।
‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौँ,’ कलेजकी एक विद्यार्थीले भनिन्, ‘१५ जनाको समूह आएर अचानक हामीमाथि हातपात गर्न थाल्यो । प्रहरीले छुट्यायो ।’
ती छात्राले फरक धारसँग उनीहरुमाथि कुटपिट गर्ने विद्यार्थी एमडीका भएको र त्यसरी जाइलाग्दा उनीहरुले यिनीहरुलाई टर्चर दिनु पर्छ नत्र यो आन्दोलन रोकिँदैन भनेको बताएकी छिन् ।
‘हामीलाई त्यहाँ भोलिबाट आन्दोलनमा बस्नै नसक्ने गरि कुटौँ भन्दै उनीहरु जाइलागे,’ ती छात्राले भनिन्, ‘प्रहरीले त्यति बेला हामीलाई छुट्ट्यायो । तर, अब हामी भित्र जान सक्ने अवस्थामा नै छैनौँ ।’
उनीहरु गेट नम्बर २ को बाहिर बसिरहेको र प्रहरीले आफूमाथि कुटपिट गर्ने एमडीका विद्यार्थीलाई पक्राउ नगरेसम्म आफूहरु भित्र जान नसक्ने पनि उनले बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।