एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले बंगलादेशविरुद्ध कोलकातामा खेलेको टेस्ट क्रिकेटमा व्यक्तिगत ३२ रन पूरा गर्दा विश्वमा नयाँ रेकर्ड पनि बनाएका छन् । उनी क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने कप्तान भएका हुन् ।
यतिमात्र होइन, उनी एक मात्र भारतीय क्रिकेटर बनेका छन् जसले टेस्ट क्रिकेटमा कप्तान हुँदा पाँच हजार रन बनाएका थिए ।
यो उपलब्धि हासिल गर्ने विराट छैटौं खेलाडी हुन् ।
कप्तानको रुपमा यसअघि दक्षिण अफ्रिकाका ग्राहम स्मिथ, अष्ट्रेलियाका एलेन बर्डर, अष्ट्रेलियाका रिकी पोन्टिङ, वेस्ट इन्डिजका क्लाइभ लर्ड, न्युजिल्यान्डका स्टिफेन फ्लेमिङले पनि ५ हजार रन कटाएका छन् ।
अर्कोतिर ३१ वर्षका विराट कोहलीले यो उपलब्धि सबैभन्दा कम पारी क्रिकेट खेलेर पनि हासिल गरेका हुन् । उनले ५३ टेस्टमा ८६ पारी खेलेर ५ हजार रन पूरा गरेका हुन् ।
यसअघि यो रेकर्ड अष्ट्रेलियाका रिकी पोन्टिङको नाममा थियो जसले ९७ पारी खेलेर ५ हजार रन बनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।