नेकपा नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन्– नेकपाकाे घोषणापत्र पूरा गर्न कठिन

काठमाडाै‌ं– पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले आयोजना गरेको 'सांसदसँग संवाद' कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य रहेका पाणडेले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए  ।

सार्वभौमसत्ता र जमीन दिने कुरामा नेपालीले कदापि सम्झौता नगर्ने भन्दै उनले यस विषयमा एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्न नहुने बताए । शनिबार मात्रै नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीकै सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको गम्भीर आरोप लगाएका थिए ।  

साेही सन्दर्भमा उनले भने, 'सीमा सबै मिलेर रक्षा गरौँ, देशको भूभाग गुमोस् भन्ने कसैले पनि चाहँदैन ।' एक ठाउँमा उभिएर कस्सिएर वार्ता गर्नुपर्ने भन्दै उनले थपे, 'ठूलो आवाज भयो भने आज नपाइएला, एउटा विन्दुमा गएर सहमति नखोजी धर पाउँदैन ।' 

सरकारले प्रयासको थालनी गरेको भन्दै यसअघि कतिपय सरकारले आपत्तिसमेत जनाउन नसकेको उनले बताए । सरकारका कामका सन्दर्भमा उनले घोषणापत्र आफैँमा महत्वकांक्षाी भएकाले पूरा गर्न कठिन हुने बताए । 

आफ्नो पार्टीले घोषणा पत्र बनाउँदा यथार्थ धरातलमा नलेखेका कारण ५०/६० प्रतिशतभन्दा बढी पूरा गर्न कठिन हुने जानकारी दिए । यद्यपि, पार्टीले विकास र परिवर्तनका विषयलाई घोषणापत्रमा राख्नु सकारात्मक भएको बताए । 





  • प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार १५:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया