कंगोमा विमान घरमा ठोक्कियो, कम्तिमा २४ को मृत्यु

एजेन्सी– कंगोको पूर्वी सहर गोमामा एउटा विमान घरहरुमा ठोक्किँदा कम्तिमा पनि २४ जनाको मृत्यु भएको छ । 

विमान ठोक्किएकाले चार वटा परिवारका सदस्यहरुको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान मापेन्डोमा यो विमानले उडान भर्ने वित्तिकै यो दुर्घटना भएको थियो । त्यहाँका अधिकारीहरुले विमानमा १७ यात्रु र २ चालक दलका सदस्य रहेको जनाएका छन् । 

पछिल्लो समय कंगोमा यस्ता विमान दुर्घटनाहरु बढिरहेका छन् । यसको कारण त्यहाँका विमानको मर्मत अत्यन्त कम हुनुलाई मानिएको छ । युरोपेली युनियनले त्यसैले कंगोका विमानमाथि प्रतिबन्ध लगाएको छ ।

आइतबार दुर्घटनामा परेको विमान चाहिँ डोर्नियर २२ हो । यो त्यहाँको प्राइभेट कम्पनी बिजी बीको विमान हो । यो विमान गोमाबाट उत्तर पर्ने बेनीमा उडान भर्ने तयारीमा थियो । त्यहाँका गर्भनर कासिभिटाले यो विमान दुर्घटनाका कारण मृत्यु हुनेको परिवारलाई श्रद्धान्जली दिँदै घटनाप्रति दुख व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार २०:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया